निलम्बित न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय

काठमाडौँ, २९ जेठ । काठमाडौँ जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश दुर्गाबहादुर भुसालको सोमबारको इजलासले उनलाई तीन लाख रुपैयाँ जरिवानाको फैसला समेत गरेको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

यही जेठ १३ गते न्यायाधीश भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । सजाय निर्धारणका निम्ति जेठ २८ गते (सोमबार)लाई पेसी तोकिएको थियो । कपिलवस्तु जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि गिरीलाई निलम्बन गरी थुनामा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर