कांग्रेस सभापति दुर्लभ थापा प्रमुख अतिथि भएको कार्यक्रम प्रेस युनियनद्वारा बहिष्कार

भक्तपुर, २६ जेठ । नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रतिनिधिसभाका सांसद दुर्लभ थापा प्रमुख अतिथि भएको कार्यक्रममा कांग्रेस निकट प्रेस युनियनले बहिस्कार गरेको छ ।

आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको ९औं अधिवेशन तथा साधारण सभाको कार्यक्रममा प्रेस युनियनले बहिस्कार गरेको हो । कार्यक्रममा विशेष अतिथि कांग्रेसबाट नै निर्वाचिन मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ रहेका थिए । महासंघको निर्वाचनको संघारमा यो सँगै कांग्रेसभित्रको गुटवन्दी छताछुल्ल भएको छ । महासंघ भक्तपुरको जिल्ला अध्यक्ष समेत कांग्रेसकै जगत प्रजापति रहेका छन् । त्यस्तै कार्यक्रमलाई महासंघकै केन्द्रीय पदाधिकारीले समेत बहिस्कार गरेका छन् । अध्यक्ष प्रजापतिले केन्द्रका पदाधिकारीलाई अतिथिको रुपमा निमन्त्रणा गरेता पनि कार्यक्रममा सहभागिता नजनाएको गुनासो गरेका छन् ।

प्रेस युनियनका जिल्ला अधयक्ष राेशन सिल्पकारले एक विज्ञप्ती जारी गर्दै नेतृत्वले महासंघको विधान विपरित जवरजस्त अधिवेशन गरेको आरोप लगाएको छ । सदस्यतामा आफन्त, स्वार्थ, नियोजित तथा गुटवाद चलाएको भन्दै युनियनले विज्ञप्ती मार्फत नेतृत्वलाई गम्भीर आरोप लगाएको छ ।

महासंघको जिल्ला कार्यसमितिको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा विविध विषयहरुलाई पारित गरेको छ । त्यस्तै विविध विषयमा पत्रकारीता क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै अधिवेशन सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १८ बैशाख । सैन्य ‘कू’ पछि हिरासतमा राखिएकी म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई नजरबन्दमा राखिने भएको छ । म्यानमारको जुन्ता

एजेन्सी, १७ बैशाख । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७

एजेन्सी, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन (स्मार्ट हुन) र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग

एजेन्सी, १७ बैशाख । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव