प्रतिनिधिसभाबाट सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित 

काठमाडौँ, २४ जेठ । सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

आज प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । बैठकमा सञ्चारमन्त्री रेखा शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेकी थिइन् । 

विधेयक समितिमिबाट २०८० चैत २६ मा प्रतिवेदनसहित पारित भएको थियो । समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका विभन्नि ६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाइ गर्ने गरी पारित गरेको थियो । 

समितिले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र केन्द्रबाट मात्रै छपाइ गर्ने गरी उक्त प्रतिवेदनलाई टुंगो लगाएर फुल हाउसमा पठाएको थियो । यो विधेयक २०७८ साउन २४ मा राष्ट्रियसभामा दर्ता भएको थियो । सभाले २०७९ चैत २१ मा पास गरेर प्रतिनिधिसभामा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर