सोलारबाट एक हजार मेघावाट विद्युत् थप गर्नेछौँ : मन्त्री बस्नेत

काठमाडौँ, २४ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत् थप गर्ने बताएका छन् । 

आज प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले दुई वर्षभित्रमा एक हजार मेघावाट विद्युत् सोलारबाट थप गर्ने बताएका हुन् । उनले सो सम्झौता राष्ट्रको हितमा भएको भन्दै राष्ट्रको हितमा नै काम गर्दै जाने बताए ।

उनले भने,‘आगामी दुई वर्षभित्र सोलारबाट नै हामीले एकहजार मेघावाट विद्युत् थप गर्नेछौँ । आगामी वर्षमा हामीले जलवायुबाट ४५ सय पुर्याउने भनेका छौँ । यो राष्ट्रको अहितमा छैन । सजगताका साथ कार्यान्वयन हुन्छ । राष्ट्रको हितमा हेरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १८ बैशाख । सैन्य ‘कू’ पछि हिरासतमा राखिएकी म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई नजरबन्दमा राखिने भएको छ । म्यानमारको जुन्ता

एजेन्सी, १७ बैशाख । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७

एजेन्सी, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन (स्मार्ट हुन) र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग

एजेन्सी, १७ बैशाख । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव