अत्यधिक गर्मीका दुईजनाको मृत्यु

झापा, १२ जेठ । झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु भएको छ ।

हिजो शुक्रबार जिल्लाको मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै एकजना पैदलयात्रीको मृत्यु भएको छ । दिउँसो मेचीनगर–९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पूलछेउमा लडिरहेको अवस्थामा भेटिएका थिए । नरबहादुरलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका लागि मेची आम्दा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको उहाँका छोरा मेचीनगर नगरपालिका, वडा नं ९ का वडा सदस्य धनबहादुर श्रेष्ठले बताउनु भयो । दिउँसो धुलाबारीमा आयोजना गरिएको भोजमा सहभागी भएर उहाँ घर फर्कँदै हुनुहुन्थ्यो ।

स्थानीयले अत्यधिक गर्मीका कारण नरबहादुरको मृत्यु भएको अनुमान गरेका छन् । त्यस्तै हिजो नै अपराह्न बुद्धशान्ति गाउँपालिकाको जयपुरमा एक बेवारिसे शव फेला परेको थियो । मागिखाई हिँड्ने अन्दाजी ६०–६५ वर्षका पुरुष बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गर्मीका कारण उनी पनि ढलेको हुनसक्ने आशङ्का गरिएको छ ।हिजो झापामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो । यो तापक्रम यस वर्षको सर्वाधिक हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म