(कार्तिक १५, एजेन्सी) २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ ।
फेसबुकका सिइओ मार्क जुकरबर्गले रिपोर्टमा भनेका छन्, ‘हाम्रो समुदाय तथा व्यवसाय निरन्तर रुपमा तिब्र विस्तार भैरहेको छ । अहिले २ अर्ब भन्दा धेरै मानिसले दिनमा कम्तिमा एकपटक फेसबुक चलाउँदछन् ।’ फेसबुकका कूल मासिक प्रयोगकर्ताको संख्या २ अर्ब २७ करोड पुगेको छ ।
फेसबुकमा अहिले २ अर्ब ६० करोड मानिसले हरेक महिना फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम वा मेसेन्जरमध्ये एक वा सबै चलाउँदछन् ।
फेसबुक कम्पनीमा अहिले ३३ हजार ६०६ जना कर्मचारीले काम गरिरहेका छन् ।






