८ जना जुवाडे पक्राउ

काठमाडौँ, ७ चैत । काठमाडौँबाट ८ जना जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले महानगरपालिका वडा नम्बर–३ स्थित बसुन्धाराबाट ८ जना जुवाडेहरूलाई पक्राउ गरेको हो । जुवा खालबाट १ लाख ८८ हजार ५ सय बरामद गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ्ग घरका ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ, काठमाडौँ घर भएका ४८ वर्षीय कोमल बहादुर प्याकुरेल, उदयपुर घर भएका ३० वर्षीय अर्जुन राई, सप्तरी घर भएका ३२ वर्षीय मनोज कुमार चौधरी, सुनसरी घर भएका ४० वर्षीय ईश्वर राई, रामेछापको मन्थली घर भएका २७ वर्षीय विष्णु मगर र ३० वर्षीय कैलाश मगर र सप्तरी घर भएका ३२ वर्षीय सन्दीप कुमार चौधरी छन् ।

महेश मगरले भाडामा लिएर बनाएको जस्ताको टहरोमा सञ्चालित जुवा खालबाट प्रहरीले ४ बुक तास बरामद गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना

काठमाडौँ, १० असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव

काठमाडौँ, १० असार । २०८३ साल असार १० गते बुधबार सन् २०२६ जुन २४ तारिख । जेठ शुक्ल पक्षको दशमी