केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण फागुनमा

काठमाडौँ, ३ माघ । ‘केपी ओली कप फुटबल प्रतियोगिता’ को दोस्रो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ ।

प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघ नेपालले बुधबार पत्रकारसम्मेलनमार्फत प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगिताको फाइनलवाहेकका खेलहरु च्यालस मैदानमा खेलाइने छ । प्रतियोगिताको फाइनल खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालको ‘ए’ डिभिजन क्लबका अतिरिक्त विदेश टोलीको समेत सहभागिता रहने छ ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले ११ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसका अतिरिक्त हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौडा, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा

काठमाडौँ, १० भदौ । रसुवा बाढीपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको

काठमाडौँ, १० भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका