शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन निन्दनीय : जसपा

काठमाडौँ. २८ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले मङ्सिर २६ गते भोजपुर, ओखलढुङ्गा, झापा र उदयपुरमा पहिचान पक्षधरमाथि व्यापक प्रहरी दमन भएको भन्दै उक्त घटनाप्रति निन्दा एवम् भत्र्सना गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले पहिचान एवम् अधिकार प्राप्तिको लागि गरेको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बल प्रयोग, कुटपीट, धरपकट र दुर्ब्यवहारप्रति निन्दा गरेको हो । आफ्नो अधिकारको माग गर्ने जनताको लोकतान्त्रिक हकप्रति बन्देज लगाउनेहरुमाथि कारवाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै गिरफ्तार गरिएका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई गर्न जसपाले माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १८ बैशाख । सैन्य ‘कू’ पछि हिरासतमा राखिएकी म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई नजरबन्दमा राखिने भएको छ । म्यानमारको जुन्ता

एजेन्सी, १७ बैशाख । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७

एजेन्सी, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन (स्मार्ट हुन) र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग

एजेन्सी, १७ बैशाख । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव