देश बनाउने काम एमाले बाहेक अरुले सक्दैनन् : अध्यक्ष ओली

लमजुङ, २२ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश तथा राजनीतिलाई स्थिर बनाउने काम एमाले बाहेकले नसक्ने बताएका छन् । 

शुक्रबार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जति वटा पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेकका राजनीतिक दलहरुले नसक्ने जिकिर गरे । अध्यक्ष ओलीले आफूहरुले कोभिड, भूकम्प, नाकावंदी, रास्ट्रियता माथिको खतरालगायतका समस्याको सफलतापूर्वक सामना गरेको बताए ।

उनले राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकताबद्ध बनाउने, समाजमा आशा, भरोसा, उत्साह र विश्वास जगाउने काम नेकपा एमाले बाहेकले जोगाउन नसक्ने दाबी गरे  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ