पशुपतिनाथ आसपास मासु तथा मदिरा बिक्री र सेवनमा रोक

काठमाडौँ, २१ मंसिर । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागु हुने जनाएको छ । 

बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा मङ्सिर २७ गतेसम्म यो नियम लागु हुने प्रकाशनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई