काव्यकी शिवात्मिका र शिक्षासेवी किनानलाई सम्मान

(असोज २१, काठमाडौं) । २०७४ सालको माद्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वाेत्कृष्ट अंक जिपिए ४ हासिल गरी विद्यालयमा पहिलो भएकी काव्य स्कुल नयाँबानेश्वरकी छात्रा शिवात्मिका सिंह प्रधानलाई सम्मान गरिएको छ ।

काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, संस्थापक निर्देशकहरु सुनिल कुमार घर्ती, रिजन खड्का र प्रेमराज अर्यालले शिवात्मिकालाई टिका, खादा लगाउँदै ताम्रपत्र दिएर सम्मान गरेका थिए ।

विजया दशमी, दिपावली, नेपाल संवतको नयाँ वर्ष तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शिवात्मिकालाई सम्मान गरिनुका साथै गतवर्ष माद्यमिक शिक्षा परीक्षा उतिर्ण सबै विद्यार्थीलाई टिका र खादा लगाएर सम्मान गरिएको थियो ।

त्यस अवसरमा काव्य स्कुलका सञ्चार सल्लाहकार वरिष्ठ पत्रकार बलराम प्यासीका साथै अमेरिकाको एटलान्टामा रहेको हिमालयन चिल्ड्रेन्स च्यारिटी नेपालका संस्थापक तथा शिक्षासेवी बु्रस किनान तथा उनकी छोरी सुमिर किनानलाई पनि विद्यालयका संस्थापक प्रिन्सिपल बास्कोटाले उपहार दिएर सम्मान गरेका थिए । किनानले नेपालका थुप्रै वालवालिकालाई विभिन्न नीजि विद्यालयमा अध्ययनका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।

यसैगरि सो कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, सहयोगीदेखि विद्यार्थी बोक्ने सवारी साधनका चालकसम्मलाई सम्मान गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु

काठमाडौँ, १० भदौ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा

काठमाडौँ, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० भदौ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना