यी हुन् रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकका १० निर्णयहरु

काठमाडौँ, ११ असोज । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूला प्रकरणको अनुसन्धानमा सरकारले गलत मनसाय राखेको पुष्टि हुँदै गएको जनाएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट यस्तो निष्कर्ष निकालिएको हो ।

ललितानिवास जग्गा, नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणको अनुसन्धान र अभियोजनप्रति जनस्तरबाटै प्रश्न उठाइएको रास्वपाले उल्लेख गरेको छ । यी तीनै प्रकरणको वस्तुनिष्ठ अनुसन्धान गर्न पार्टीले माग गरेको छ । यस्तै, फौजदारी कसुरमा सजाय पाएको व्यक्तिलाई राष्ट्रपतिले माफी दिने व्यवस्थाको दुरुपयोग भइरहेको रास्वपाको निष्कर्ष छ । यीसहित बैठकबाट विभिन्न १० निर्णय गरिएको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

निर्णयहरू पढ्नोस्–

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।