सिटी स्क्यान गर्नुअघि ध्यान दिनुपर्ने कुरा हेनुहोस्

(असोज २१, काठमाडौं) । सिटी स्क्यान शरीरका विभिन्न अंगहरूको जाँच गर्ने एउटा प्रक्रिया हो ।  सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नसा र तन्तुहरूको जाँच गरिन्छ।

सिटी स्क्यान गर्नुअघि ध्यान दिनुपर्ने कुराहरू
– सिटी स्क्यान गर्ने रेडियोग्राफर टेक्नोलोजिस्टलाई बिरामीको सम्पूर्ण मेडिकल हिस्ट्री थाहा हुनुपर्छ।
–  सिटी स्क्यान गर्ने  दिनभन्दा पहिले नै राति १२ बजेपछि बिरामीले खाना खानु हुँदैन।
– बिरामीको जाँच गर्नुभन्दा पहिले ब्लड युरिया र क्रिएटिनिन लेवल हेर्नुपर्छ।
– यदि मधुमेहको बिरामी छ भने सुगर लेवल १०० भन्दा बढी हुनु हुँदैन।
– बिरामीको जाँच गर्नुपर्ने ठाउँको कपडा मेटल फ्री हुनुपर्छ।
– मेसिनभित्र सुत्ने बेलामा डराउनु हुँदैन र रेडियोग्राफर टेक्नोलाजिस्टले बताएअनुसार गर्दै जानुपर्छ।
– सिटीमा एउटा अंगको स्क्यान गर्न ५ देखि ३० मिनेटसम्मको समय लाग्न सक्छ।
-जाँच गर्ने रोगबाहेक शरीरमा कुनै अर्को रोग वा कुनै औषधि खाइरहनुभएको छ भने रेडियाग्राफर टेक्नोलाजिस्टलाई जाँचअघि नै भन्ने ।
-कहिलेकाहीँ आमाशय अथवा आन्द्राको जाँचको लागि जाँचभन्दा पहिले बिरामीलाई औषधि खुवाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्