पत्रकार आचार्यको ‘उपहार’ कथासंग्रह लोकार्पण

(असोज १९, काठमाडौँ) । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्यातीप्राप्त पत्रकार तथा साहित्यकार चेतनाथ आचार्यद्वारा लिखित ‘उपहार’ कथासंग्रह लोकार्पण गरिएको छ ।

मकालु प्रकाशन गृहको आयोजनामा आज यहाँ आख्यानकार, शिक्षक तथा पत्रकार आचार्यको उक्त पुस्तक विमोचन गरिएको हो । प्रथम पुरुष शैलिमा लेखिएको उपहार कथासंग्रहमा ग्रामिण इलाकामा बोलिने भाषाशैलि प्रयोग भएको छ ।

ग्रामिण इलाकाका मानिसको वास्तबिक घटनाक्रमहरुलाई कथाको माध्यमबाट उजागर गर्नु उक्त पुस्तकको एक प्रमुख उद्देश्य रहेको छ । आठ वटा कथालाई आधार बनाई लेखिएको पुस्तक उपहारमा नेपाली साहित्य, पत्रकारीता र संस्कृतिको वास्तविकता उजागर भएको छ ।

विश्व विज्ञान र प्रविधिको माध्यमले साघुँरिएको अवस्थालाई आधार बनाई मानविय जीवनको बारेमा युग परिवर्तनसँगै आवश्यकता अनुसार क्षमता, योग्यता तथा दक्षताको आधारमा अघि बढ्ने तरिकाको बारेमा उजागर गरी सामाजिक, सांस्कृतिक, धार्मिक, परम्परागत परिवर्तनको बाटो खोज्न एक प्रेरणाको स्रोतको रुपमा रहेको छ ।

मानवको जन्म पछि मृत्यु हुने प्रकृतिक कुरा रहेको जसलाई बासाईको रुपमा आधार मानि मानिसको व्यवहारसँग जोडेर हेर्ने आदर्श कथाको रुपमा उक्त कथा रहेको छ । कथामा समय र परिस्थिती अनुसार विश्वविद्यालय तथा ग्रामिण इलाकामा बोलिने शिक्षित र ग्रामिण भेगका मानिसले वोल्ने भाषाको उजाग गरिएको ।

विमोचन कार्यक्रममा तीन पटक मदन पुरस्कार बिजेता साहित्यकार, संस्कृतविद् तथा शताब्दी पुरुषको रुपमा परिचित सत्यमोहन जोशीले साहित्य राष्ट्रको उन्नतीको साथै मान र प्रतिष्ठाको विषय भएको बताउनुभयो । उहाँले उक्त पुस्तकमा मृत्युकम्पन भनि नेपालमा गएको २०७२ सालको महाभुकम्पका कारण नेपालीले भोगेको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा भोग्नुपरेका समस्या उजागर भएको बताउनुभयो । नेपाली कला, साहित्य, संस्कृति, धर्म, जात लगायतका कुराहरुलाई समेटी वास्तविक चित्रण गरिएको बताउनुभयो ।

प्रोफेसर डा. राजेन्द्र सुवेदीले महाभुकम्पको समयमा भएका मानव तस्करिका कारण सयौ नेपाली महिला बेचिएको र उनीहरुको मृगैला समेत बेचिएको दुःखद् तर वास्तुविक कुराहरु समेटी सन्दशमूलक रुपमा कथामा समेटीएको बताउनुभयो । उक्त पुस्तकमा विवाहित महिला कसैको सम्पती तथा अविवाहित महिलामा सवैको नजर रहने गरेको विश्वको यथार्थ खटनाहरुलाई उजागर गरेको बताउनुभयो ।

साहित्यकार मायाँ ठकुरीले बैदेशिक रोजगारीमा गएका महिला तथा पुरुषको परिवार तथा ति महिला तथा पुरुषले सोच्ने सकरात्मक तथा नकरात्मक विचारहरुका कारण मानिसमा हुने मानसिक परिवर्तनको बारेमा उजागर गरेकाले समाजिक जनचेतना फैलाउने पुस्तक रहेको बताउनुभयो । यौन वर्तमान समयमा अपरिहार्य जस्तै भएको भन्दै यौन जिज्ञासाको वारेमा महिला तथा पुरुषले सोच्ने र मानसिक परिवर्तन गराउने सन्देशमूलक पुस्तक रहेको बताउनुभयो ।

विश्वको सवैभन्दा ठूलो रेडियो चाइना रेडियो इन्टरनेशनल सिआरआईको नेपाल प्रतिनिधि चाङ् युएई (बर्षा)ले साहित्यका कारण नेपाल र चीनबिचको सम्बन्ध उच्च विन्दुमा पु¥याउन सफल भएको बताउनुभयो । उहाँले उक्त पुस्तक वास्तविक र व्यवहारिक भएकाले विश्वलाई सन्देशदिनको लागि अंग्रेजी माध्मबाट प्रकाशित गरी अन्तराष्ट्रिय स्तरमा पु¥याउन योग्य रहेको बताउनुभयो ।

पुस्तकका भाषा सम्पादक लक्ष्मी पराजुली तथा अध्यक्ष वासुदेश ढकालले पुस्तकमा भएको घटना र पात्र वास्तविक रहेको जानकारी गराउनुभयो । पुस्तकले वास्तविकतालाई मध्यनजर गर्दै शिक्षा, अनुसन्धान, जनचेतना जस्ता कुराहरुको माध्यमले राष्ट्रिय लक्ष्यमा पुग्न एक महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँहरुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असाेज । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ

घोराही, २४ असोज । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया

हेटौँडा, २४ असोज । अरिंगाल पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका मकवानपुरको थाहा नगरपालिका–१, बाराहीचौरका ३० वर्षीय उत्सव गोपालीको

काठमाडौँ, २४ असोज । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी टोलीले