‘अनुरोध हाम्रो, निर्णय तपाईंको’

– SEE को Result मा उच्च ग्रेडिङ्ग प्राप्त गरी पास गर्नु राम्रो कुरा हो, तर एकपटकको ग्रेडिङ्गले मात्रै विद्यार्थीको मुल्यांकन नहुन सक्छ । अर्थात विद्यार्थीले मेहनत गर्यो भने कम ग्रेडमा पास भएको विद्यार्थी पनि भोलि गएर अव्वल स्थान लिन सक्छ ।

– त्यसैगरी उच्च ग्रेड ल्याउने विद्यार्थीलाई उनीहरुको इच्छा अनुसारको विषय पठनपाठन गराउन सक्यौं भने मात्रै त्यसले सफलता प्राप्त गर्नेछ । जबर्जस्ती साइन्स पढाउँदा पछि गएर धोका हुनसक्छ ।

– +२ रोज्दा नाम चलेका, ठूला ठूला बिल्डिङ्ग र भौतिक संरचना हेरेर बच्चाहरु मोहित हुने गर्दछन्, जसको कारण अभिभावकलाई भर्ना गर्न तनाव हुन्छ । एउटै क्लासमा ५०/६० जना कोचेर माइकबाट पढाउने कलेज पनि छन् । महंगो त कुरै छोडौं ।

– हामीले कक्षा कोठा, लाइब्रेरी, कम्प्युटर क्लास, कक्षा कोठामा राखिने विद्यार्थी संख्या, पढाउने शिक्षक, पाठ्यक्रम बाहिर गरिने क्रियाकलाप जस्ता कुराहरुलाई ज्यादा महत्त्व दिनुपर्ने हुन्छ । आफ्नो बच्चालाई सम्झायो भने सम्झिने छन् । हौसेर महंगा स्कुल रोज्ने वा आफ्नो साथीले भर्ना गर्यो भनेर अभिभावकलाई प्रेसर दिने काम असल विद्यार्थीले गर्दैनन् ।

– गत बर्ष देखि गौरीशंकर स्कुल/कलेज शिक्षाविद्व जनार्दन नेपालज्यूको अगुवाइमा हिलसाइड कलेज अफ इन्जिनियरिङ्गले संचालन गरिरहदा +२ मा हामीले विशेष ध्यान दिएर जग बलियो बनाउन प्रयास गरिरहेका छौं ।

– ढुक्क भएर गौरीशंकरमा भर्ना गर्नसक्नु हुनेछ, पारिवारिक वातावरणमा हामी तपाईंको बच्चालाई सच्चा नागरिक बनाउँदैछौं ।

(लेखक गोपी न्यौपाने, हिलसाइड कलेज अफ इन्जिनियरिङकाे प्रबन्ध संचालक हुनुहुन्छ)

सिट सिमित छ, यसपटकको लागी, भर्ना गरिहाल्न अनुरोध । हामी र हाम्रो उच्च व्यवस्थापन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन गरिने भएको छ । नेपाल वायुसेवा निगमले

काठमाडौँ, ५ बैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार

काठमाडौँ, ५ बैशाख । ‘गाँजाको तेल’सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६

काठमाडौँ, ५ बैशाख । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना