स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुर, १७ असार । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार गएराति ९ बजे सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको हो । 

गुण्डुबाट पाण्डुबजार जाँदै गरेको बा ९३ प ५८८१ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्णकुमार त्वाती गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि डा. इवामुरा अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कैलाली, १३ असार । कैलाली–कञ्चनपुरमा अवैध लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया

डोटी, १३ असार । डोटीको एक होटलमा बास बसेका व्यक्ति मृत फेला परेका छन् । जोरायल गाउँपालिका-१ गैरास्थित रेनुका होटलमा

भक्तपुर, १३ असार । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ७ः४५ बजे

काठमाडौँ, १३ असार । नेपाल प्रहरीले १० वर्ष कैद सजाय भुक्तान गरेर निस्किएका व्यक्तिलाई पुनःलागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ