मुलुकको आर्थिक वृद्धिदरमा जनताको पहुँच पुग्ने गरी बजेट ल्याइएको छ : मन्त्री महत

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको बताएका छन् ।

आज राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले बजेट संघीयता विरोध पनि नभएको बताए । 

उनले भने, ‘संघीयता अनुसार हामी नगएको पनि होइन । समाजवाद उन्मुख कुरा धेरै पटक आइसक्यो । खाली शब्दले मात्रै केही हुँदैन हेर्नुस् । मूल कुरो अव हामी शब्द जे पनि राख्न सक्छौँ । तर त्यसको मर्मको कुरा गर्ने हो भने आर्थिक वृद्धि गर्ने र आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पुर्‍याउने नै यो बजेटको लक्ष्य हो । हामीले करको यद्यपि यो विनियोजन बजेटको विषयमा छलफल गरिरहेका छौँ । यसमा मैले धेरै प्रवेश गर्न आवश्यक छैन । करको जुन हामीले व्यवस्था गरेका छौँ । यसले चाहिँ जो धेरै आम्दानी गर्छ, उनीहरू करको दायरामा आइराख्या छैनन् । उनीहरूलाई करको दायरामा ल्याउने काम गरिएको छ । हामी कुरा गर्छौँ प्रोग्रेसिभ हुनुपर्‍यो । तर भन्दा उनीहरूलाई बेखुसी बनाउने बजेट ल्यायो । यसलाई ठिक ढंगले बुझिदिन म आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी

काठमाडौँ, ५ असोज । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभित्रै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) सुचारु हुने बताएका छन्

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार