एमाले सचिवालय बैठकबाट कार्यदल प्रतिवेदन पारित

काठमाडौँ, ५ असोज । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनजार्गरण कार्यदलको प्रतिवेदन पारित गरेको छ ।

केन्द्रीय कमिटी बैठकअघि पार्टी कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरुको सुझावसहित प्रतिवेदन पास भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । 

उनले भने, ‘प्रतिवेदन सुझावसहित प्रतिवेदन पास भएको छ’, ‘प्रतिवेदनमा अध्यक्षले राजीनामा दिन पर्ने र विशेष महाधिवेशन गर्ने विषय समावेश छैन, त्यसैले अनुसूचिका विषय प्रतिवेदनमा भएकाले छुट्टै राख्नुपर्ने अवस्था छैन ।’

यसअघि निर्वाचन समीक्षाबारे तीन वटा प्रतिवेदन बनेपनि सबैलाई समेटेर एकीकृत प्रतिवेदन बनाइएको बताइएको छ । कार्यदलले २९ पेजको प्रतिवेदन तयार गरेको थियो । ‘हिजो कार्यदलले प्रतिवेदन बुझाएपछि कार्यदलको औचित्य सकिएको छ । प्रतिवेदनमा समावेश सुझावहरूलाई अब अनुसूचीका रूपमा केन्द्रिय समितिमा प्रस्तुत गरिनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर