एमाले सचिवालय बैठकबाट कार्यदल प्रतिवेदन पारित

काठमाडौँ, ५ असोज । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनजार्गरण कार्यदलको प्रतिवेदन पारित गरेको छ ।

केन्द्रीय कमिटी बैठकअघि पार्टी कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरुको सुझावसहित प्रतिवेदन पास भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । 

उनले भने, ‘प्रतिवेदन सुझावसहित प्रतिवेदन पास भएको छ’, ‘प्रतिवेदनमा अध्यक्षले राजीनामा दिन पर्ने र विशेष महाधिवेशन गर्ने विषय समावेश छैन, त्यसैले अनुसूचिका विषय प्रतिवेदनमा भएकाले छुट्टै राख्नुपर्ने अवस्था छैन ।’

यसअघि निर्वाचन समीक्षाबारे तीन वटा प्रतिवेदन बनेपनि सबैलाई समेटेर एकीकृत प्रतिवेदन बनाइएको बताइएको छ । कार्यदलले २९ पेजको प्रतिवेदन तयार गरेको थियो । ‘हिजो कार्यदलले प्रतिवेदन बुझाएपछि कार्यदलको औचित्य सकिएको छ । प्रतिवेदनमा समावेश सुझावहरूलाई अब अनुसूचीका रूपमा केन्द्रिय समितिमा प्रस्तुत गरिनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी

काठमाडौँ, ५ असोज । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभित्रै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) सुचारु हुने बताएका छन्

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार