सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी

काठमाडौँ, १ असार । मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन्। जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ नै अझै बढी जिम्मेवार पनि हुनुपर्छ। तर, बिहीबार राष्ट्रिय सर्तकर्ता केन्द्रले गरेको अनुगमनमा त्यस्तो पाइएन। १ सय २५ कर्मचारी नै मन्त्रालय र कार्यालयमा भेटिएनन्। केहीको हाजिर मात्रै भेटियो, कर्मचारी फेला परेनन्। 

सतर्कर्ता केन्द्रले  बिहान १० बजेदेखि १२ बजेसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो। कतिपय कर्मचारी त सिंहदरबारभित्र रहेको केन्द्रीय चमेना गृहमा अनाधिकृत व्यक्तिसँग बसेर गफ गरिरहेको भेटिएको सतर्कर्ता केन्द्रले जनाएको छ। केन्द्रका अनुसार नौ जना कर्मचारी त खाजा खान तोकिएको समयमा भन्दा बाहिरको समयमा अनाधिकृत व्यक्ति फेला परेका छन्।

यसरी विभिन्न वाहानामा हाजिर गरी तत्कालै बाहिर निस्कने कर्मचारीको कार्यालयमा अनुपस्थितिको कारण सम्बन्धित निकायसँग माग गरी कारबाही अगाडि बढाउने केन्द्रका सहसचिव एवं प्रवक्ता ज्ञानराज सुवेदीले जानकारी दिए। 

केन्द्रले सार्वजनिक निकायहरूबाट हुने अनियमितता, ढिला सुस्ती, भ्रष्टाचार सम्बन्धमा उजुरी संकलन गर्ने गर्छ। त्यस्तै सार्वजनिक निकायहरूबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव, निर्देशन दिने कामा पनि केन्द्रले गर्दै आएको छ। सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति र आयको अनुगमन गर्ने दायित्व पनि केन्द्रको हो तर यो दायित्वमा भने केन्द्र खरोरूपमा उत्रन सकेको छैन।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ