महाप्रबन्धक न्यौपानेको राजिनामा झुठा: भ्रष्टाचार गरेको पुष्टि गर्न चुनौती

काठमाडौँ, २८ जेठ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेण्ट उद्योग लिमिटेडले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले राजिनामा दिनुभएको भन्ने समाचार झुठा रहेको बताइएको छ ।

केहि दिन अघि केही सञ्चारमाध्यमहरुमा महाप्रवन्धक न्यौपानेले राजिनामा दिनुभएको भनि समाचार प्रकाशित भएको थियो । केही सञ्चारमाध्यमहरुले महाप्रवन्धक न्यौपानेले भ्रष्टाचार गरेको भनि भ्रामक समाचार प्रकाशित गरेको भन्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएको छ । जीर्ण मेसिनहरू मध्ये किल्नसेल फेर्न, बर्नर फेर्न, जिसिटीको मर्मत सम्भार गर्न र क्याल्सनाइर प्रविधि जडान गरी हालको दैनिक छ हजार बोरालाई वृद्धि गरी १० हजार पुर्या्उन यही जेठ २२ मा कुल बजेटमध्ये १५ करोड ज्येष्ठ मसान्तसम्म ऋण उपलब्ध गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई न्यौपानेले अनुरोध गर्नुभएको थियो । जसमा यदि उक्त समय भित्र न्यूनतम माग भएको रकम दिएर उत्पादन वृद्धि गर्न सहयोग नगर्ने हो भने आफूलाई अल्मल्याएर नराख्न र आफू पनि मार्ग प्रशस्त गर्न तयार रहेको महाप्रवन्धक न्यौपानेले उल्लेख गरेका थिए । जुन कुरालाई राजीनामा भनी बाहिर प्रचार गरिएको उद्योग प्रशासनले जनाएको छ ।

महाप्रवन्धक न्यौपानेले भ्रष्टाचार गरेको आरोप लागेपछि उसिउलिले आइतबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो । विज्ञप्तिमा भनिएको छ, ‘२०७७ माघ अघि हुने गरेका अनावश्यक खर्चहरू कटौती गर्दै उद्योगको खरिद प्रक्रियालाई सुव्यवस्थित गर्न मात्र होइन लिलाम भई सकेको जग्गा फिर्ता ल्याउन सफल महाप्रबन्धक न्यौपानेलाई भ्रष्टाचारको आरोप लगाउने जो कोहीलाई प्रमाणद्वारा पुष्टि गर्न चुनौती दिन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव

चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता डिजिटल्ली अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका

सुर्खेत, ९ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल