पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

जाजरकोट, २७ जेठ । पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई जना बालकको मृत्यु भएको छ। 

प्रहरीका अनुसार भेरी नगरपालिका- १३ का नरबहादुर बस्नेतका  ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका  ९ वर्षीय छोरा प्रमोद बस्नेतको डुबेर मृत्यु‌ भएको छ ।

उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका  थिए ।‌

सोही क्रममा डुबेर‌ उनीहरूको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक

काठमाडौँ, १४ असार । मकवानपुरबाट काठमाडौँ आउँदै गरेको पिकअप दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

काठमाडौँ, १४ असार । देशभर भइरहेको वर्षा र सडक मर्मतका कारण विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ ।

धनगढी, १४ असार । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-११ आमबासामा कान्द्रा नदीमा डुबेर १० वर्षीय