माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यवसायिक सहकार्यको सम्झौता

काठमाडौँ, २६ जेठ । माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । केएफसी आउटलेट दिव्यानी इन्टरनेसनल नेपाल प्रालिबाट सञ्चालित छ ।

केएफसी, क्रिमबेल र पिज्जा हुट आउटलेटमार्फत खानाका परिकार अर्डर गर्दा माछापुच्छ्रे बैंकको डिजिटल माध्यमबाट क्यूआर र पीओएसमार्फत डिजिटल भुक्त्तानी गर्दा दैनिक पहिलो कारोबारमा १० प्रतिशत (बढीमा १८० रुपैयाँ) सम्मको क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेष्ठ २५ देखि असार २६ गते सञ्चालन हुनेछ । माछापुच्छ्रे बैंकको देशभर १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०४ एटीएम रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव

चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता डिजिटल्ली अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका

सुर्खेत, ९ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल