सेयर बजारमा सीमित व्यक्तिले मात्र फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्छ : अर्थमन्त्री महत 

काठमाडौँ, २५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा सीमित व्यक्तिले मात्र फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम उनले ५६ लाख डिम्याट होल्डरलाई देखाएर सीमित समूहले फाइदा लिने गरेको भन्दै उनले यसको अन्त्य हुनुपर्नेमा जोड दिए ।

थोरै लगानी गर्नेले पनि सेयर बजारबाट कमाउने वातावरण बनाउनुपर्ने अर्थमन्त्री डा. महतले बताए । सेयर बजारमा खेल्ने समूहले करको कुरा उठाएर फाइदा लिएको उनको भनाइ छ । त्यस समूहले बजारमा सेयरका विषयमा भ्रम सिर्जना गरेको र यो हुन नदिन आफू दृढ रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । पूर्वमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका

काठमाडौँ, ११ असार । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।  अन्तर्राष्ट्रिय बजारमा

काठमाडौँ, ११ असार । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

ललितपुर, ११ असार । सन्जीब दुलाल । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् ।  वन