मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको धारामै झर्दैन पानी

काठमाडौँ, २५ जेठ । राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

तर, यो वास्तविकता हो । शुक्रबार २० चैत २०७७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा मेलम्चीको पानी वितरण भृकुटीमण्डपस्थित यही धारामा पानी खोलेर गरेकी थिइन् । त्यसबेला कार्यक्रम सञ्चालकले अब सधैं यस धाराबाट पिउने पानी पाइने उद्घोष गरेका थिए । तर, अहिले त्यस धारामा पानी आउँदैन । यस धारामा राखिएको शिलालेख हेरेर पानी पिउन चाहने मानिस नजिकै जान्छन् । तर, धारामा पानी खस्दैन । धाराको केही संरचना त उप्किइसकेको छ ।

भृकुटीमण्डपमा आइरहने विद्यार्थी नरराज कुइँकेलले यही धाराले राजधानीमा मेलम्चीको पानीको वितरणको अवस्था कस्तो छ भन्ने प्रस्ट हुने बताए । उनले तिर्खा लागेका बेला धारा देखेर पिउन जाँदा पानी नआएको गुनासो गरे । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वीरगञ्ज, ११ असार । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व

काठमाडौँ, ११ असार । पूर्वमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका

काठमाडौँ, ११ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा नाटोमा आबद्ध युरोपेली सहयोगी राष्ट्रहरूले संयुक्त राज्य अमेरिकालाई साथ नदिएको

काठमाडौँ, ११ असार । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा