चार महिनादेखि काठमाडौँमा बन्धक

काठमाडौँ, २५ जेठ । वैदेशिक रोजगारीका सन्दर्भमा नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ । कामका लागि बिदेसिनुपर्ने नेपाली युवाको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाएका छन् । सिंगापुर पुयाउने सपना बाँडेर आफूलाई पत्रकार भनेर चिनाउने सुजन आचार्यले ३९ जना बाट १० करोड रूपैयाँ ठगी गरेको पाइएको छ ।

तिनै ३९ जनामध्येका चार जना करिब चार महिनादेखि काठमाडौँको एक होटलमा बन्धकको अवस्थामा छन् । काठमाडौँको कोटेश्वरस्थित ओल्ड दरबार होटलमा अछामका मीन अधिकारी र प्रेम साउद, बाजुराका भरेन्द्र सिंह र कैलालीका सुरेन्द्र शाह बन्धक बनेर रहेका हुन् । रोजगारीका लागि आचार्यको प्रतीक्षामा बस्दाबस्दै होटलको बिल बढ्दै जाँदा पैसा तिर्न नसक्दा उनीहरू बन्धक बन्नुपर्ने अवस्थामा पुगेका हुन् । सिंगापुर पठाइदिने बताउँदै पैसा असुलेका आचार्य सम्पर्कविहीन छन् ।

‘ऋण खोजेर ल्याएको पैसा लिएर सुजन आचार्य पनि सम्पर्कमा छैनन्,’ प्रेम साउदले भने, ‘ऋण खोजेको पैसा, होटलमा बस्दा खाएको पैसा तिर्न नसक्दा साहुले पनि बन्धक बनाएको छ । हामी चारजना चार महिनादेखि होटलमै बस्न बाध्य छौं ।ु चार जनाले होटलमा बसेको र खाएको मात्र साढे ४ लाखजति भइसकेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव

चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता डिजिटल्ली अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका

सुर्खेत, ९ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल