विद्यालयले लागू गर्यो दौरा सुरुवाल र गुनियो चोली अनिवार्य

(असोज ७, पाँचथर) । पाँचथरको एक विद्यालयले पोशाकको रुपमा विद्यार्थी र शिक्षक, शिक्षिकाहरुलाई दौरा सुरुवाल र गुनियो चोली अनिवार्य गराएको छ ।

कला सँस्कृतिलाई जोगाउनको लागी पाँचथरको श्री दीप ज्योति प्रा.वि विद्यालयले पोशाकको रुपमा विद्यार्थी र त्यहाँ कार्यरत शिक्षक, शिक्षिकाहरुलाई दौरा सुरुवाल र गुनियो चोली अनिवार्य गराएको हो  ।

आइतबार सोमाबार र मंगलबार गरी हप्तामा तिन दिन यो पोशाक लगाउने गरिन्छ भने अन्य दिन अरु स्कुल पोशाक लागाइन्छ । विद्यालयले यो पोशाकलाई निरन्तरता दिनको लागी पचास हजार जम्मा गरेर अक्षय कोष पनि खडा गरेको प्रधानाध्यापक सुनिल वान्तावाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु

काठमाडौँ, १० भदौ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा

काठमाडौँ, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० भदौ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना