सहरको मेयर बन्यो कुकुर

(असोज ३, एजेन्सी) । अमेरिका क्यालिफोर्नियाको इडिलविल्ड सहरका बासिन्दाले गोल्डेन रिट्रिभर जातको कुकुरलाई मेयरको कुर्सी सुम्पिएका छन् ।

 नवनिर्वाचित उक्त मेयर कुकुरको नाम मेक्सिमस म्यूलर हो । मेयरको काँधमा धेरै जिम्मेवारी सुम्पिएको छ । मेयरलाई सघाउनका लागि थप दुईवटा कुकुरलाई उप मेयरमा नियुक्त गरिएको छ ।

दुबै उपमेयर कुकुर पनि गोल्डेन रिट्रिभर जातकै हुन् । उनीहरुको नाम माइकी र मित्जी हो । उनीहरु दिदीभाई हुन् । मेयर चाहीँ उनीहरुको भतिज । मेयर म्यूलरलाई कामकाजमा सजिलो होस् भनेर एउटा गाडीको सुविधा पनि दिइएको छ ।

 एनिमल रेस्क्यू फ्रेण्ड नामक संस्थाले निर्वाचन गराएर मेयर र उपमेयरहरुको छनोट गरेको हो । यद्यपि, यी मेयर तथा उपमेयरले कानूनी मान्यता भने पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ कार्तिक । अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसको बढ्दो हवाई

एजेन्सी, १३ कार्तिक । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति