एकदिवसीय क्रिकेट वरीयतामा नेपालको सुधार

काठमाडौँ, ८ चैत । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निकालेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रियको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आज आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू मा आफूभन्दा एकस्थान माथि रहेको ओमानलाई पछि पारेको छ ।

लिग टूका पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल यी खेल जित्नुअघि १९ औं स्थानमा थियो । नेपाल १७ औं, १६ औं हुँदै १५ औं स्थानमा उक्लिएको छ । लिग टू खेलको अन्य देशहरुमा ओमान १६ औं स्थानमा, नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय