कुराले मात्रै चिउरा भिज्दैन, आलोचना गरेर मात्रै विकास हुँदैन : मुख्यमन्त्री आचार्य

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन् ।

जिल्ला समन्वय समिति अर्घाखाँचीले बिहीबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकासका क्षेत्रमा आवश्यक पहलकदमी लिएको बताए । उनले सरकारका कामको मूल्याङ्कन परिणामका आधारमा हुनुपर्ने भन्दै जनताले अब विकासको प्रतिफल खोजिरहेको उल्लेख गरे।

‘विकासको पहलकदमी लिएका छौँ। अहिले जनताले परिणाम खोजेका छन्। कुराले मात्रै चिउरा भिज्दैन। आलोचना गरेर मात्रै विकास हुँदैन,’ उनले भने।

सङ्घीय सरकारअन्तर्गतका कतिपय आयोजना बजेट अभावलगायत कारणले अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उनले ती आयोजना अघि बढाउन सङ्घीय सरकारसँग निरन्तर समन्वय र पहल भइरहेको जानकारी दिए। उनका अनुसार सङ्घीय सरकारका सशर्त कार्यक्रम तथा आयोजनामा बजेट रोकिँदा प्रदेशका जिल्लामा विकास निर्माण प्रभावित भएको छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय