विश्व मुद्रास्फीति दर ६.६ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण

काठमाडौँ, १७ माघ । सन् २०२३ मा विश्व मुद्रास्फीति दर ६.६ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ ।

‘वर्ल्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा जस्तै यो वर्ष पनि विश्व मुद्रास्फीति दर उच्च रहँदा त्यसको असर आर्थिक वृद्धिदरमा पर्ने जनाएको छ । सन् २०२२ मा ८.८ प्रतिशत रहेको विश्व मुद्रास्फीति दर सन् २०२३ मा ६.६ प्रतिशत र सन् २०२४ मा ४.३ प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ ।

विश्वका ८४ प्रतिशत देशमा उच्च मुद्रास्फीतिको असर त्यहाँको अर्थतन्त्रमा देखिने मुद्रा कोषको अनुमान छ । अस्तव्यस्त आपूर्ति शृंखला, महँगो उत्पादन लागत, ऊर्जा तथा खाद्य संकटलगायत कारण नागरिकको जीवन निर्वाह खर्च बढ्ने ठानिएको छ । रुस–युक्रेन तनाव र कोरोना महामारीपछि सुस्ताएको विश्व अर्थतन्त्र लयमा फर्कन नसक्दा त्यसको प्रभाव देखिएको आईएमएफले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । पूर्वमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका

काठमाडौँ, ११ असार । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।  अन्तर्राष्ट्रिय बजारमा

काठमाडौँ, ११ असार । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

ललितपुर, ११ असार । सन्जीब दुलाल । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् ।  वन