एकीकृत समाजवादी प्रेस संगठनले सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला फागुनमा गर्ने

काठमाडौँ, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवाद) निकट समाजवादी प्रेस सङ्गठनले आगामी फागुन १५ गतेभित्र सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला गर्ने भएको छ । संगठनको भेलालगत्तै लुम्बिनी प्रदेशको विस्तारित बैठकका साथै फागुन मसान्तभित्र सबै जिल्ला सम्मेलन सम्पन्न गर्न लागिएको छ ।

नीतिगत सुझाव दिन अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय नीतिगत सुझाव समिति गठन गरिएको छ । पार्टी केन्द्रले देशभरका कमिटी, विभाग र मोर्चा सङ्गठनसँग नीतिगत सुझाव माग गरेपछि सो समिति गठन गरिएको हो । समितिले सञ्चार क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक अध्ययन तथा विज्ञसँग छलफल गरी ती विषयलाई नीतिगत रुपमा पार्टीलाई सुझाव दिनेछ ।

यस्तै महासचिव भूपराज खड्काको अध्यक्षतामा पाँच सदस्यीय राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदन समिति गठन गरिएको उपाध्यक्ष सन्तराम बिडारीले जानकारी दिए । उक्त समितिले गत मङ्सिर ४ गते सम्पन्न प्रदेश र सङ्घको चुनावमा पार्टीले हासिल गरेको अवस्था तथा कमजोरीबारे प्रतिवेदन तयार गर्नेछ । पार्टी केन्द्रले सङ्गठनका कमिटी अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने, पार्टी कमिटी गठनलगायत कार्य आगामी चैत मसान्तभित्र सम्पन्न गर्न समय दिएकाले निर्धारित समयसीमाभित्र जिम्मेवारी पूरा गर्न सबै जनवर्गीय सङ्गठन लागेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ