काठमाडौँ, १३ माघ । नागरिकता विवादमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका रवि लामिछानेको सांसद पद खारेज भएको छ ।
प्रतिनिधिसभा निर्वाचन ऐनमा भनिएको छ, “दफा ६ मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ ।”
रिक्त पदको निर्वाचनको घोषणा निर्वाचन आयोगले गर्नेछ ।





