विदेशी मुलुकको नागरिकता लिएपछि नेपाली नागरिकता कायम रहँदैन : सर्वोच्च अदालत

काठमाडौँ, १३ माघ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता लिन प्रक्रिया नै पूरा नगरेको ठहर गरेको छ ।

सर्वोच्चले विदेशी मुलुकको नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहने पनि बताएको छ । सर्वोच्चको संवैधानिक इजलासले भनेको छ, “नेपाल नागरिकता ऐन, २०६३ को दफा १० मा आफुखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट व्यवस्था रहेको देखिन्छ । विदेशी मुलुकको नागरिकता लिएपछि नेपाली नागरिकता कायम रहँदैन । विदेशी मुलुकको नागरिकता आफूखुसी लिएको वा नेपाली नागरिकता त्यागेको दुवै अवस्थामा नेपाली नागरिकता कायम रहँदैन । यस्तो अवस्थामा नेपाली नागरिकता पुनः प्राप्त गर्न कानुनले तोकेको प्रक्रिया पूरा गर्नु नै पर्ने हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका

काठमाडौँ, ६ असोज । आज सेयर बजार ७.०६ अंक बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ