शिक्षक सेवा आयोगको परीक्षा केन्द्र तोकियो

(भदौं २१, काठमाडौं) ।  शिक्षक सेवा आयोगले आगामी असोज ११ , १२ र १३ गते हुने माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहको खुल्ला प्रतिस्पर्धात्मक लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ ।

यसरी केन्द्र निर्धारण गर्दा तीनै तहको परीक्षाका लागि फारम भरेका परीक्षार्थीले जुन जिल्लामा केन्द्र परेको छ सोही जिल्लाबाट मात्र परीक्षा दिन पाउने छन् ।

आयोगले परीक्षा केन्द्र तोकेका ३४ जिल्लामा ईलाम, झापा, मोरङ्, सुनसरी, उदयपुर, सप्तरी, सिराह, सिन्धुली, धनुषा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर छन् । यस्तै, चितवन, पर्सा, गोर्खा, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी,  रुपन्देही, कपिलबस्तु, पर्वत, प्यूठान, दाङ् सुर्खेत, बाँके, बर्दिया, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुरमा परीक्षा केन्द्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल

काठमाडौँ, ११ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १२ सय रुपैयाँले

काठमाडौँ, ११ भदौ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले बगाएका ६४ जनाको शव त्रिशूली र नारायणी नदीमा भेटिएको छ ।

काठमाडौँ, ११ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ