स्काइरनर वर्ल्ड सिरिजमा मीरालाई पदक

(भदौ १२, काठमाडौँ) । इटालीमा सम्पन्न मिगु रन स्काई रनर वर्ल्ड सिरिजमा नेपालकी अल्ट्रा धाविका मीरा राई ५२ किलोमिटर अल्ट्रा दौडमा तेस्रो वरियाता हासिल गरेकी छन् ।

इटलीमा आइतबार सम्पन्न पाँचौ संस्करणको सिरिज अन्तर्गत ट्रोफी किमा दौडमा मिराले तेस्रो स्थान हासिल गरेकी हुन् । ८० किलोमिटरको अल्ट्रा दौडमा भने उनी विश्व बरियाताको दोस्रो स्थानमा छिन् । जुन उनले गत वर्ष हासिल गरेकी हुन् ।

इटलीको भाल मासिनोमा सम्पन्न दौडमा मिराले ५२ किमीको दुरी ७ घण्टा ४१ मिनेट ४६ सेकेण्डमा पुरा गरेकी थिइन् । मीरा अब इटलीबाट बेलायत प्रस्थान गर्नेछिन् । आगामी सेप्टेम्बर १४ मा उनले बेन नेभिस अल्ट्रा ६५ केजी दौडमा सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र