“बालेन्द्र साह हिरोबाट जिरो”

अरुण सापकोटा

लौरो चुनाव चिन्ह लिएर विजय हांसिल गरेका बालेन्द्र साह क्षणिक दुई चार जनाको उक्साहटबाट काठमाडौँको प्रमुख भए र काम पनि त्यहि आसेपासेको अनुसार गर्ने कोशिष गरे । जसरी हिन्दी चलचित्रमा नायक अनिल कपुर थिए, डोजर लिएर निश्कने र काम कारवाही गर्थे । त्यस्तै काम बालेन्द्र साहले गर्न खोजेका थिए र हिरो बन्ने सुरमा थिए ।

तर आज हिरोबाट जिरो हुन पुगेका छन् । विनास काले विपरित बुद्धि भनेझै बालेन्द्र साह विनासको बाटोमा छन् । जसको असर मंसिर ४ गतेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले भोग्नु पर्ने हुन सक्छ । लौरो टेकाउनु पर्यो भन्ने नारा लिएर घरघर जाने उमेदवारलाई अब डर हुन सक्छ, कतै त्यो टेकाउने भनेको लौरो हाम्रो टाउको माथि त बज्रिने हैन भनेर यसमा गल्ति बालेन्द्र साहको मात्र हैन सँगै त्यहि समुहमा परेस रावलको भुमिकामा राजु पाण्डे जी पनि हुनुहुन्छ । जसले मेरो हाकीमले भनेको भनेर कानुन मिचेर भए पनि क्यामरामा देखिने लोभले हो वा कुनै अरु कारणले भुमिका निर्वाहन गर्दै हुनुहुँदै छ ।

जसले मात्र बालेन्द्र साहको कुरा मात्र सुन्ने गर्दछ तर एक पटक त्यहि राजु पाण्डे जीको सम्पति र घरको बारेमा जानकारी सार्वजनिक गरेर हेर्ने कि ? निर्माण सम्पन्न पश्चात केहि परिवर्तन गरेको छ कि छैन घरमा भनेर । तर त्यो सार्वजनिक न राजु सरको हुन्छ, न बालेन्द्र साहको । कारण यो देशको स्थिति र कानुन नै त्यस्तै छ । यहाँ वाहवाही पाउने हो भने पहिले विनास गर्न सुरु गर्नु पर्छ । त्यसपछि सुरु हुन्छ, वाहवाही तर त्यहि कार्य अहिले बालेन्द्र साहलाई अभिश्राप हुने तरखरमा छ । म मात्र र्याप गितमा बोल्न सक्छु भन्ने मेयर साव । किन किन आज काम पनि र्याप गीत जस्तै थोरै सभ्य छन् । बाँकी त मात्र गालीगलोज र उत्सृंखल ।

हिजो जब डोजर काठमाडौँ भित्र बस्ने र त्यस समुदायको सार्वजनिक भवनमा बजारियो तब थाहा पाए छन् । त्यस क्षेत्रका जनताले यो त पव्लिक स्टंनट गर्ने काम बालेन्द्रले गरेको रहेछ भनेर । कुनै रातमा डोजर लगेर बालेन्द्रले छिमेकीको घर भत्काउँदा बालेन तिमी नडराउ तिम्रो साथमा हामी छौं, भनेका सुमन सायमी आज उनै बालेन्द्र साह तिमी अब डराऊ तिम्रो साथमा काठमाडौंका वासिन्दा हामी छैनौं भन्नेमा देखिए । गरिबको चमेली बोल्दिने कोही छैन भन्ने र्याप गाएका बालेन्द्र साहको डोजरका लागी चमेली बोल्दिने कोहि छैन हुने भएको छ ।

न्याय पालिका र देशको कानुनलाई ठाढै अटेर गरेर हिड्ने बालेन्द्र साहलाई नेकपा नेता महेश बस्नेतको शब्द अलि धेरै नै चुबेको जस्तो भान हुँदै गएको छ । जसको सुरुवात अल्फाविटा काण्डबाट हेर्न सकिन्थियो । त्यस पश्चात हरेक दिन डोजरको गति बढेको भान नेपाली नागरिकले गरेका थिए । त्यसको फलस्वरुप डोजरले गति धेरै नै लियो । भनिन्छ नि तिव्र गति जीवन क्षति आज त्यो भनाई पुन सार्थक हुँदै छ । जसको कारण डोजरको तिव्र गति मेयरको कुर्सिमा क्षति हुने अवस्थामा आएको छ । अब हेर्दै जाऊ, बालेन्द्र साहका नयाँ नयाँ र्याप टाईपका कामहरु । एकपटक सोचौं र मनन् गरौं, के नेपाली नागरिकले खोजेको नेता बालेन्द्र जस्तै हो कि अरु कोहि जस्तै ?

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

भक्तपुर, ९ असार । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक