घोडासहित ट्रेनमा चढे व्यक्ति

(भदौ ८, एजेन्सी) । बुधबार अष्ट्रियामा एक व्यक्तिले आफ्नो घरपालुवा  फ्रिडा नामक घोडासँगै ट्रेनभित्र प्रवेश गरेका छन् ।

 ट्रेनभित्र प्रवेश गरेपछि  त्यहाँका अन्य यात्रीहरु छक्क परे  । उनीहरुले घोडा र ती व्यक्तिको फोटो खिचेर सोसल मिडियामा राखे जुन एकाएक भाइरल भयो ।

यद्यपी, ती व्यक्तिले घोडासँग धेरैबेरसम्म यात्रा गर्न पाएनन् । त्यहाका  सरकारी रेल कम्पनी OeBB का प्रवक्ताले भने, ‘घोडासँग यसरी ट्रेनमा यात्रा गर्नु खतरनाक हुनसक्छ । ट्रेनमा यदि अचानक ब्रेक लगाइए घोडा यसको लागि कति तयार छ र त्यसपछि उसले कस्तो व्यवहार देखाउँछ, त्यो भन्न मुश्किल छ ।’

OeBB को गाइडलाइनका अनुसार ट्रेनमा ती जनावरलाई मात्र यात्रा गराउन सकिन्छ जसले कसैलाई पनि हानी नोक्सानी पुर्याउँदैन । साथै, जनावरलाई कुनै बाकस वा ब्यागमा राखेर पनि यात्रा गराउन सकिनेछ ।

घोडासँग यात्रा गरिरहेका ती व्यक्तिलाई दुई स्टेशनपछि नै ट्रेनबाट बाहिरिनका लागि आग्रह गरियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा