असोजदेखि सवारी लाइसेन्स परीक्षामा ७० अंक ल्याए पास

काठमाडौँ, २८ भदौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नयाँ मापदण्ड असोज १ गतेदेखि लागु हुने भएको छ ।

वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका चारवटा यातायात कार्यालयमा नयाँ मापदण्ड लागु गर्न लागेको हो । मापदण्डअनुसार सवारी चालकहरूले प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अंक ल्याए पास हुनेछन् । यसअघि ट्रायल परीक्षामा १०० अंक ल्याउनै पर्ने प्रावधान थियो । 

वाग्मती प्रदेश श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले पटक–पटक ट्रायल परीक्षामा फेल भइ बिचौलियाको मारमा पर्ने प्रवृत्तिलाई अन्त्य गर्न यस्तो प्रावधान कार्यान्वयनमा ल्याउन लागिएको बताए । वाग्मती प्रदेशअन्तर्गत काठमाडौंका चार (एकान्तकुना, ठुलो भर्‍याङ, चाबहील, भक्तपुर)  र हेटौंडाको एउटा यातायात कार्यालयबाट सो प्रावधान लागु हुनेछ । जुन प्रावधानले गर्दा नयाँ सवारी चालकहरूले सजिलै लाइसेन्स निकाल्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । बजारमा लिचीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज एकैदिन

काठमाडौँ, २ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, २ असार । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।

काठमाडौँ, २ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।