बागलुङमा डेंगु भेटियो

बागलुङ, २८ असार । बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छ । गर्मी बढेसँगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो । 
 
धौलागिरी अस्पतालमा उपचार गर्न आएको एक  महिला र एक पुरुषमा लक्षण देखिए पछि परीक्षण गर्दा डेंगु पुष्टि आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।

उनीहरु शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए । सङ्क्रमित बागलुङ नगरपालिका वडा नं ७ का र ९ रहेका छन् । ती बिरामीको  अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाईमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्डाखुल्टी पुर्नु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ कार्तिक । नाइजेरियाली सेनाले उत्तरपूर्वी राज्य बोर्नो र योबेमा रहेका सैन्य अखडामा भएका दुईवटा आक्रमण विफल पारेको र

एजेन्सी, १४ कार्तिक । अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसको बढ्दो हवाई

एजेन्सी, १३ कार्तिक । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ