पार्किङमा राखेको हवाइजहाज चोरेर उडाइयो

 (साउन २९, बीबीसी) । अमेरिकामा पार्किङ गरिराखेको हवाइजहाज चोरले उडाएर लगेको छ ।

 बीबीसीको अनुसार अमेरिकाको सिएटल विमानस्थलमा पार्क गरेर राखेको बिमान एकजना एयरलाइन्सका कर्मचारीले गत हप्ता शुक्रबार अनधिकृत रुपमा उक्त विमानभित्र प्रवेश गरी त्यसलाई उडाएर लगे । २९ वर्षका ती व्यक्तिको नाम खुलाइएको छैन ।

होरिजन एयरको क्यू ४०० नामक उक्त विमानलाई चोरी गरी उडाइएपछि दुई लडाकु विमानले त्यसलाई पछ्याएका थिए । विमानलाई विमानस्थलमै सुरक्षित अवतरण गराउने कोसिस गरिए पनि विमान चोरले निकै खतरनाक तरिकाले विमान उडाइरहेका थिए ।

अन्ततः नजिकैको केट्रोन टापुस्थित सैन्य इलाकाको नजिकै उक्त विमान दुर्घटना भएको छ । ७८ सिट भएको उक्त जहाज दुर्घटना भएसँगै त्यसलाई चोरेर लैजाने व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने