(साउन २६, काठमाडौं) । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपाललाई विश्वमा नै चिनाउने नेपाली कला, संस्कृति तथा भेषभुषा राज्यको सम्पती भएको बताउँदै नेपालमा महिला राज्यको मेरुदण्ड भएको बताएकी छिन् ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघद्वारा प्रकाशित ‘नेपालमा आदिवासी जनजाति महिलाको आर्थिक सशक्तीकरणको अवस्था’ नामक पुस्तकको विमोचन गर्दै मन्त्री थापाले आदिवासी जनजातिको कला संस्कृति पर्यटकका लागि आकर्षणका केन्द्रबिन्दु भएको बताउँदै आदिवासी जनजातिको परम्परागत कला संस्कृतिको संरक्षणमा सरकारले विशेष प्राथमिकता दिई अघि वढ्ने बताइन् । त्यस्तै महिला सशक्तिकरणका लागि सरकार पूर्ण पतिवद्ध रहेको बताएकि छिन् ।
पुस्तकमा नेपालमा पछि परेका समुदाहरु थकाली, माझी, थारु, राउटे र याख्खो समुदायका महिलालाई आर्थिक रुपमा उन्नती र प्रगतिको मार्गचित्र उजागर गरिएको बताए ।
डा कृष्णबहादुर भट्टचन, अधिवक्ता अमृता थेबे, नन्द कन्दङ्गवा, कमला थापा, र राजु थापामगरले संयुक्त रुपमा लेखिएको उक्त पुस्तकमा आदिवासी जनजाति महिलाको आर्थिक अवस्थाका बारेमा विश्लेषण गरिएको छ ।







