यो गर्बिलो मैसममा
तिमिले तिम्रो परेली को सटर बन्द गरेपछि
गुलब सजाउने गुफामा
बास नपाएर भौतारि रहदा
जन्जिरहरु बिचमा फसेको म
गन्तव्य अनिश्चित रहेर हिडेको म
कोल्मबस समुन्द्र मा अराएर
अमेरिका भेटे जस्तो
म कुनै रुख बिहिन बनमा
हराएर गुलाबको सुवास लिन
कसरी सकुला ररु
प्रेम नगरि भेटेर प्रेमको कोल्मबस भएर
म आधार बिहिन यात्रामा
बत्ती माथिको पुतली हु
म जुनकीरी न हु मेरो
उज्यालो मेरै लागि प्रायाप्त छैन
भन अब म तिम्रो विशाल
उत्सब मा कसरी दिउ शुभकामना
समयले नदेखिने ठाउँ बाट बिदाई गरेको
लगन पछि को पोते भएको हु म
अनि यात्रा अगाबै चुडियएको चप्पल हु
मेरा यी तुक्ष कटु शब्दहरुले
ती तिम्रा मोति जडित नयनमा
लेखिएका नामहरु मा कुनै
प्रभाब पारेन्न भने ?
खैर केही छैन, म सुदामा यति
बोल्ने ल्याकत कसो नराखुला र ?
तिम्रा चाहाना का प्रेमिल
गुलाब हरु सधै तिम्रो आगनमा
मगमगाई रहुन्न ,
तिम्रा किरण हरु
तुसारो हरुमा परिरहुन
नठिराउन कसैका खुट्टा तुसारोले
गुरास ले राज गरोस ती ओठहरुमा
अनि इन्द्रेणीले डाहा गरुन्न त्यो
परेला सङ्ग,
होलिले भनोस म रङ्गिन चाहान्छु तिमी जसरी
तिहार आफुमा तिमी खोजोस
हरेक नयाँ बर्षले आफ्नो
नया बर्ष तिम्रो उत्सबकै दिन
मनाउन पाउ भनोस
शुभकामना तिमिलाई
यो स्वर्णिम उत्सबको…….
के आर पाण्डुलिपि
पन्चपुरी न पा ५ सुर्खेत




