अमेरिका र युरोपमा मन्किपक्स फैलिँदै

वासिङटन, ६ जेठ । स्वास्थ्य निकायहरू र स्थानीय सञ्चार माध्यमले अमेरिका, क्यानडा, स्पेन, पोर्चुगल र बेलायतमा ‘मन्किपक्स’बारे अहिले अनुसन्धान भइरहेको जनाएका छन् ।

हालैमात्र अमेरिकामा एकजनामा मन्किपक्स भएको पुष्टि भएको छ । क्यानडामा अन्य आशंकित घटनाहरूबारे छानबिन चलिरहेको छ । त्यसैगरी पोर्चुगलमा पाँचवटा र स्पेनमा सातवटा संक्रमणका घटना पुष्टि भएका छन् । ‘मन्किपक्स’ मध्य तथा पश्चिमी अफ्रिकाका विकट भागहरूमा बढी मात्रामा देखापर्ने गरेको छ । यी क्षेत्रमा पुग्नेहरूले यस रोगलाई अन्यत्र सार्ने गरेको पाइएको छ ।

मन्किपक्स एक प्रकारको अनौठो भाइरल संक्रमण हो । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाकाअनुसार सामान्यतया हल्का संक्रमणको रूपमा देखिने यो रोगबाट प्राय: मानिसले केही साताभित्रै मुक्ति पाउँछन् । यो भाइरस सजिलैसँग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । त्यसैले यो ठूलो संख्यामा मानिसमा फैलिने जोखिम न्यून हुन्छ । यस रोगको पहिलो केस ७ मेमा बेलायतमा देखिएको थियो । बेलायतको स्वास्थ्य सुरक्षा निकायले ती व्यक्तिले हालसालै नाइजेरियाको भ्रमण गरेकाले उनले त्यहीबाट भाइरस बोकेर आएको हुनुपर्ने जनाएको छ । बेलायतमा अहिले नौ जनामा मन्किपक्सको पुष्टि भइसकेको छ । 

त्यसैगरी हालै अमेरिकाको मास्साचुसेत्स राज्यका एक पुरुषमा यो रोगको पुष्टि भएको हो । उनी पनि हालसालै १३ जना आशंकित मन्किपक्स संक्रमित माथि छानबिन भइरहेको क्यानडाको भ्रमण गरेर फर्केको बताइएको छ । छालामा खटिरा र ज्वरो आउनु, टाउको र माशंपेशी र ढाड दुख्नु , थकान महशुस हुनु तथा जिउ चिसिनु आदि यसका लक्षण हुन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर