उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा

काठमाडौँ, ८ चैत । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्।

राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक रामराज खकुरेलले सोमबार को कुराकानीमा पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न थालेको बताए। उनले भने- ‘अहिले राजीनामा दिएर सेवा निवृत्ति सुविधा लिन आउने शिक्षकको संख्या बढ्न थालेको हो।

किताबखानाको तथ्याङ्कअनुसार साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा ३ हजार ४ सय १२ जनाले जागिर छाडिसकेका छन्। जब कि यसअघि एक वर्षको अवधिमा ३ हजार ३ सयले मात्र राजीनामा दिएका थिए।’ गत वर्ष अधिकांशले उमेर हद नाघेकाले मात्र राजीनामा दिएको किताबखानाको भनाइ छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, १९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १९ भदौ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री

काठमाडौँ, १९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate