विद्यालयलाई रु पाँच लाख सहयोग

बेनी, ६ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङस्थित हिमालय आधारभूत विद्यालयलाई रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ ।

वडा नं २ स्थित राखु भगवती र वडा नं ३ स्थित राखु पिप्ले घर भई बेलायतमा बसोबास गर्ने राखुवासीको साझा संस्था राखु समाजद्वारा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रु पाँच लाख सात हजार ७३० सहयोग प्राप्त भएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा उक्त समाजका २६ जनाले सङ्कलन गरेको सो सहयोग रकम सदस्य अर्जुन मल्लले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम कटुवाललाई हस्तान्तरण गर्नुभएको थियो ।कलेजाबाङमा रहेको विद्यालयलाई कमजोर भूबनोटका कारण गाउँकै पातिहाल्नामा स्थानान्तरण गरी पुनःनिर्माण गरिएको  छ ।  सदस्य मल्लले प्रवासमा रहेर पनि गाउँको विकास र सामाजिक कार्यमा निरन्तर सहकार्य र सहयोग गर्दैै आइरहेकामा विद्यालयको पूर्वाधार निर्माणमा सघाउने उद्देश्यले सो सहयोग गरिएको बताउनुभयो ।  

हाल उक्त विद्यालयमा ७०  विद्यार्थी अध्ययनरत  छन् । पुनः निर्माण भइरहेको विद्यालय भवन निर्माणमा प्राप्त सहयोगलाई पारदर्शी तवरले उपयोग गरिने जानकारी दिंदै अध्यक्ष कटुवालले प्रवासमा रहेरसमेत गाउँको शैक्षिक विकासमा सघाएकामा उक्त समाज र सहयोगदातालाई धन्यवाद दिनुभयो । कार्यक्रममा सहयोगदाता मल्ललाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका

काठमाडौँ, २१ भदौ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्त्वपूर्ण पूर्वाधार