राष्ट्रिय परीक्षा बोर्डमा बेथिति

काठमाडौँ, २७ फागुन । राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी भर्ती केन्द्रका रूपमा चिनिएको छ ।

२०४६ सालमा ऐन आए पनि २०४८ सालदेखि मात्र स्थापना भएर काम शुरू गरेको परिषद्ले २०५० सालबाट परीक्षा सञ्चालन गर्न थालेको थियो । बोर्डमा हाल ३ सय ८१ कर्मचारी कार्यरत छन् । तीमध्ये १ सय २२ जना मात्र स्थायी कर्मचारी हुन् । बाँकी १ सय ५९ जना कर्मचारी अस्थायी, करार र ज्यालादारी छन् ।

विगत ८ वर्ष अघिदेखि अधिकांश शिक्षामन्त्रीका आफन्त भर्ती केन्द्र बनेको बोर्डमा १७ वर्षदेखि करार र अस्थायी कर्मचारी छन् । बोर्डका सदस्य सचिव हाबी रहेको बोर्डले कर्मचारीलाई स्थायी गर्ने विषयमा बहस चलाए पनि कार्यन्वयन शून्य छ ।

तथ्यांकअनुसार बोर्डमा अधिकृतदेखि परीक्षाको गोप्य शाखामा बस्ने अधिकांश कर्मचारी करारका छन् । बोर्डमा १९ जना स्थायी उपसचिव छन् । बाँकी ४२ जना अधिकृतमध्ये अधिकांश करार र अस्थायी दरबन्दीमा काम गरिरहेका छन् । अधिकांश कर्मचारीको उमेर हद कट्न लाग्दा समेत स्थायी हुन सकेका छैनन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०