राष्ट्रिय परीक्षा बोर्डमा बेथिति

काठमाडौँ, २७ फागुन । राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी भर्ती केन्द्रका रूपमा चिनिएको छ ।

२०४६ सालमा ऐन आए पनि २०४८ सालदेखि मात्र स्थापना भएर काम शुरू गरेको परिषद्ले २०५० सालबाट परीक्षा सञ्चालन गर्न थालेको थियो । बोर्डमा हाल ३ सय ८१ कर्मचारी कार्यरत छन् । तीमध्ये १ सय २२ जना मात्र स्थायी कर्मचारी हुन् । बाँकी १ सय ५९ जना कर्मचारी अस्थायी, करार र ज्यालादारी छन् ।

विगत ८ वर्ष अघिदेखि अधिकांश शिक्षामन्त्रीका आफन्त भर्ती केन्द्र बनेको बोर्डमा १७ वर्षदेखि करार र अस्थायी कर्मचारी छन् । बोर्डका सदस्य सचिव हाबी रहेको बोर्डले कर्मचारीलाई स्थायी गर्ने विषयमा बहस चलाए पनि कार्यन्वयन शून्य छ ।

तथ्यांकअनुसार बोर्डमा अधिकृतदेखि परीक्षाको गोप्य शाखामा बस्ने अधिकांश कर्मचारी करारका छन् । बोर्डमा १९ जना स्थायी उपसचिव छन् । बाँकी ४२ जना अधिकृतमध्ये अधिकांश करार र अस्थायी दरबन्दीमा काम गरिरहेका छन् । अधिकांश कर्मचारीको उमेर हद कट्न लाग्दा समेत स्थायी हुन सकेका छैनन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरुले नेपाललाई क्षतिपूर्ती तिर्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २० भदौ । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६

काठमाडौँ, १९ भदाै । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ जस्ता सैनिक प्रकृतिका गैरसरकारी संस्थाको औचित्यमाथि प्रश्न

काठमाडौँ, १९ भदाै । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको