त्रिवि पदाधिकारीको राजीनामा माग

काठमाडौँ, २५ फागुन । सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् । नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेकपा एस निकट एकीकृत प्रगतिशील प्राध्यापक संगठनले तीन पदाधिकारीको राजीनामा माग गरेका हुन् ।

त्रिविमा नेविसंघ र आंशिक शिक्षकले लगाएको ताला खोल्ने विषयमा सुझाव दिन छाडेर उनीहरूले उल्टै राजीनामा माग गरेका हुन् । राजीनामा मागेका तीन संगठनले उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्ट्रार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको राजीनामा मागेका छन् । तीन पदाधकारीमध्ये उपकुलपति र रजिस्ट्रार एमाले निकट हुनुहुन्छ ।

शिक्षाध्यक्ष भुसाल माओवादी निकट हुनुहुन्छ ।विगत लामो समयदेखि भागबन्डामा देशका ११ वटै विश्वविद्यालयमा राजनीति आडमै पदाधिकारी नियुक्ति भइरहेका छन् । त्रिविमा तीन दल हाबी देखिएको छ । उनीहरूले निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त रहेर अरुलाई लान्छना लगाउने कार्य पदाधिकारीबाटै भएको आरोप लगाउँदै राजीनामा मागेका हुन् । तीन संगठनले विज्ञप्ति जारी गरी राजीनामा मागेका हुन् । ती संगठनले उपकुलपतिले अप्राज्ञिक, अमर्यादित अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, १९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १९ भदौ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री

काठमाडौँ, १९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate