एउटै पदमा १२ वर्षसम्म जागिर

काठमाडौँ, २३ फागुन । राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीको पेलाइमा परेका उपसचिवहरू एउटै पदमा १२ वर्षसम्म जागिर खान बाध्य भएका छन्। बोर्डका अध्यक्ष र सदस्य सचिवले बढुवाको फाइल अघि नबढाउँदा उनीहरू बिचल्लीमा परेका हुन्।

वर्षौँसम्म एउटै पदमा बसेर दिक्क भएका उनीहरुले मापदण्ड बनाएर बढुवा गर्न माग गरिरहेका छन्। तर बोर्डका सदस्य सचिव दुर्गा अर्यालले मन्त्रालयका कारण बढुवा गर्न नसकिएको बताए।

तर बोर्ड स्रोतले भने अध्यक्ष र सदस्य सचिवले तत्काल बढुवा गर्न नचाहेका कारण लामो समयदेखि बढुवाको प्रतीक्षामा रहेका सुब्बादेखि उप-सचिवसम्मका दर्जनौं कर्मचारी बढुवा हुनबाट वञ्चित भएको बताएको छ। एक उप-सचिवले भने- ‘आफूसँगै निजामती र प्रशासन सेवामा काम गरेका साथीहरू सहसचिव भइसकेका छन्। आफूभने १२ वर्षदेखि उप-सचिवमै बस्न बाध्य छु।’ आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने तथा खेल्ने आठ जनालाई प्रहरीले आज नियन्त्रणमा

काठमाडौँ, २१ भदौ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर  रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ ।

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । रौतहटको कटहरिया बजारमा चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा