भारतको सहयोगमा बनेको नेपाल प्रहरी विद्यालयको पूर्वाधार उद्घाटन

काठमाडौँ, २१ फागुन । कैलालीको धनगढीमा रहेको भारतको सहयोगमा निर्माण भएको नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, केटाकेटी छात्रावास र शिक्षक क्वार्टर को नयाँ भवनको उद्घाटन भएको छ ।

भारतीय दूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीले उक्त पूर्वाधारको उद्घाटन गरेका भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अनुसार, हालै उद्घाटन गरिएको परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने “India@75 AzadiKaAmritMahotsav” को एक हिस्साको रूपमा नेपालमा उद्घाटन भइरहेका 75 परियोजनाहरू मध्ये एक हो।

नेपाल प्रहरी विद्यालयका यी नयाँ भवनहरू भारत सरकारको आर्थिक सहयोगमा नेपाल–भारत विकास सहयोगअन्तर्गत नेपाली रुपैयाँ ४२ करोड २६ लाखको लागतमा निर्माण भएका हुन् । सन् १९८५ मा स्थापना भएको विद्यालयमा हाल ६ सय ६५ विद्यार्थी छन् । “निकट छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारी छ। भारत-नेपाल विकास सहयोग अन्तर्गत पूर्वाधार निर्माणले शिक्षा क्षेत्रमा नेपाल सरकारको प्रयासलाई बलियो बनाउन भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ, ”काठमाडौंस्थित भारतीय नियोगले बताएको छ । (एएनआई)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०